पूर्वमन्त्री राईकाे चुनाैती- एमसीसीले १२ बुँदे स्वीकारे मलाई चारपाटा मुडेर नाका कटाउनु
२०७८ फागुन १६ गते

काठमाडाैँ । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले एमसीसी बाेर्डले नेपालकाे १२ बुँदे व्याख्यात्मक घोषणा नस्वीकार्ने दाबी गरेका छन् । नेता राईले साेमबार आफ्नाे आधिकारिक ट्वीटर ह्यान्डलमार्फत यस्ताे बताएका हुन् ।
प्रचण्डले झुट बाेलेकाे उल्लेख गर्दै नेता राईले १२ बुँदा एमसीसीले नस्वीकार्ने बताएका हुन् । ‘केपीले जस्ताको तस्तै पास गर्न खोजेका थिए, मैले संशोधन गरेर पास गराएँ । सफेद झुट बोल्न प्रचण्डलाई लाज लाग्नुपर्ने हो । मेरो दाबी छ— एमसीसीले १२ बुँदे व्याख्या स्वीकार गर्यो भने मलाई ४ पाटा मुडेर नेपालगञ्जकाे नाका कटाउनु होला ।अब कुनै पक्ष बाट थप गिजोल्ने काम नहाेस्,’ नेता राईले भनेका छन् ।
एमसीसी फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घाेषणासहित नेपालकाे संसद्बाट पारित भएकाे छ ।

२०७८ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








