संसद्अघि मन्त्रिपरिषद्‌‌ बैठक बस्ने

काठमाडाैँ । मन्त्रिपरिषद्काे बैठक बस्दैछ । एमसीसी  सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्‌ बैठक बस्ने एक मन्त्रीले मकालुखबरलाई जानकारी दिए ।

बैठक ३ बजे शुरू हुनेछ । ‘तर कहाँ बस्ने भन्नेबारे भने कुराकानी भएकाे छैन, तर संसद् बैठकअघि बैठक बस्छ,’ ती मन्त्रीले भनेका छन् । आइबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा ‘व्याख्यात्मक टिप्पणी’सहित सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो ।

सो टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गर्ने तयारीमा सरकार रहेको छ । एमसीसी आजै प्रतिनिधि सभाबाट अनुमाेदन हुँदैछ । दुई चरणमा प्रतिनिधि सभा बैठक बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =