रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको असामयिक निधन
२०७८ फागुन १३ गते

काठमाडाैँ । रिद्धि सिद्धि सिमेन्टका सञ्चालक राजेश खरेलको निधन भएको छ । ४५ वर्षको उमेरमा यही फागुन ५ गते असामयिक निधन भएको हो ।
खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्रअन्तर्गत गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका थिए । दीर्घकालिन सोच बोकेका सफल युवा उद्यमी खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षती पुगेको रिद्धि सिद्धि सिमेन्टले बताएको छ ।
कर्मठ, निःस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।
रिद्धि सिद्धि सिमेन्ट उद्याेग वि.सं. २०७३ सालमा हेटौँडाको रातोमाटेमा स्थापना भएको शंकर ग्रुप र अम्बे ग्रुपको भेन्चर हो । स्थापनाको पाँच वर्षभित्रै सिमेन्टले उपभोक्ताको विस्वास जित्न सफल भएको कम्पनीले जनाएकाे छ ।
२०७८ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित









