‘नेपाली पात्रो’ को सीईओमा सन्तोष कुमार देवकोटा नियुक्त

काठमाडौँ । डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लेटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो ’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन् ।
विक्रम सम्वत् २०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।
रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रुपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञको रुपमा सक्रिय रहँदै आएका छन् ।
देवकोटा फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका हुन् ।
विक्रम संवत् २०६३ साल ९सन् २००८० मा सर्वप्रथम फेसबुक एप मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ ९सन् २०११० मा गुगलको प्लेस्टेर मार्फत एन्ड्रेइड तथा एप्पल प्रयोगकर्ताका लागि एप स्टेर मार्फत् सार्वजनिक गरिएको थियो ।
पछिल्ला वर्ष नेपालबाट रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै । त्यसैले नेपाली पात्रोले आम नेपाली मूल समुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म–संस्कृतिका विशेषतालाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ ।
‘हाम्रो समय, हाम्रो गौरव’ भन्ने नारा बोकेको नेपाली पात्रोले आफ्ना ९० लाख प्रयोगकर्ता, अनलाइन तथा प्रिन्ट मिडिया, टेलिभिजन, देशभरका रेडियो तथा स्वतन्त्र कन्टेन्ट उत्पादकसँग सहकार्यमा प्रभावकारी काम गर्न सीईओ देवकोटाको भूमिका महत्वपूर्ण हुने नेपाली पात्रोले जनाएको छ ।
नेपाली तथा अंग्रेजी भाषाका नेपालका अनलाइन समाचार स्रोत आवद्ध ‘नेपाली पात्रो’ नेपाली सञ्चार सामाग्रीलाई प्रभावकारी ढंगले धेरै भन्दा धेरैको पहूँचमा जोडिरहने ‘पावर टुल्स’को रुपमा परिचित नेपालमै उत्पादित ‘कम्यूनिटी एप’ हो ।
जिनियस सिस्टम्स सह९संस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरीजन महर्जनले भने– ‘नेपाली पात्रो’ मार्फत् देश तथा विदेशमा बस्ने हरेक नेपालीलाई जोडिरहने एउटा पुल बन्न चाहन्छौँ, लाखौँ नेपालीले माया गर्नुभएको यस साझा पुलमा सन्तोषजीलाई स्वागत छ ।’
नेपाली पात्रो मौलिक चाडपर्व, तिथि–मिति, पञ्चाङ्ग, उत्सव तथा सांस्कृतिक गतिविधि समेटिएको र सबै उमेर समूहका लागि उपयोगी ‘स्मार्ट एप्लिकेशन’ भएको कम्पनीले जनाएको छ ।
यो एपले क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदीको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण ९धुर–आना र बिघा–रोपनी निकाल्ने० शुभ साइत तथा मुहूर्तहरु, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाले युक्त छ ।
आफ्नो धर्म–संस्कृति बिर्सन नदिन अहिले ‘स्वधर्मे निधनं श्रेयं परधर्मो भयावहः’ भन्ने मान्यतालाई मनन गर्ने समय आएको छ ।
‘प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदकोकार्य भार सम्हाल्दै नेपाली पात्रो परिवारमा जोडिनुभएका अनुभवी व्यक्तित्व एवं मेरा आत्मीय मित्र सन्तोष देवकोटाजीलाई स्वागत गर्न पाउँदा हाम्रो टिम उत्साहित भएको छ,’ नेपाली पात्रोका प्रमुख सम्पादक तथा फलितज्योतिषाचार्य उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले भने, ‘हाम्रो सहयात्राले नेपाली पात्रो थप उचाइमा पुग्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु ।









