एमसीसीबारे दाहाल, नेपाल र खनालबीच छलफल

काठमाडौँ । बिहीबार (आज) को संसद् बैठकमा अमेरिकी परियोजना एमसीसीबारे छलफल हुँदैछ । एमसीसी अर्थमन्त्री जनार्दन शर्माले संसद्समक्ष पेश गर्ने संसद् सचिवालयले जनाएको छ । दिउँसो १ बजेबाट बस्ने बैठकमा एमसीसीबारे छलफल प्रारम्भ हुनपूर्व एमसीसी विरोध नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच छलफल भएको छ ।

तीन नेताहरूबीच सिंहदरबारमा छलफल भएको हो । माओवादी र एकीकृत समाजवादीले एमसीसीकाे विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । आफ्नाे अडानविपरीत एमसीसी संसद्‌मा पेश भएकाे भन्दै माओवादी र एकीकृत समाजवादीले उपयुक्त समयमा सरकार छाड्नेसमेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =