भाेलिकाे संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसकाे ह्वीप

काठमाडौँ । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको बताइन् ।

सचेतक भुसालले भोलिको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन् । ‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्वी नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भनेकी छिन् ।

हाल प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरि उपचारका क्रममा भारतमा छन् ।
कांग्रेस एमसीसीको पक्षमा छ । कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद् बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन् ।

उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गरिन् । सत्तारुढ प्रमुख दल कांग्रेस संसद्‌मा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ । संसद्‌मा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् ।

एमालेले एमसीसीको सम्बन्धमा संसद्‌मा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमालेले आफूहरूका माग सम्बोधन गरेमात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =