८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

९१ दिनमा परिपक्व हुने गरी कुल २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको र १८२ दिनमा परिपक्व हुने गरी कुल ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले सूचना जारी गरी जनाएको छ । यस अनुसार ९१ दिने बिल १० फागुनदेखि सुरु भई १० जेठमा परिपक्व हुने छ । त्यस्तै १८२ दिने बिल १० फागुनमा सुरु भई ७ भदौमा परिपक्व हुने छ ।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले उक्त बिल खरिद गर्न सक्ने छन् । यी मध्ये बिल खरिद गर्न इच्छुकले सोमबार (आज) दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जनाएको छ । मंगलबार भने बिलको बिक्री हुने छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =