धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदीय जिम्मेवारी ग्रहण

काठमाडौँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदीय जिम्मेवारी सम्हालेका छन् । आइतबार बोर्डको कार्यालयमा पुगेर उनले पदीय जिम्मेवारी सम्हालेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शुक्रबार उनले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए ।

आइतबार एक जिम्मेवारी सम्हाल्दै आफ्नो कार्यकालामा पुँजी बजारको क्षेत्रमा र धितो पत्र बोर्डको सुधारको महसुस हुने गरी काम गर्ने बताए । उनले पुँजी बजारमा रहेका साना लगानीकर्ताको हितमा आफूले काम गर्ने बताए ।

विदेशका विभिन्न संस्थामा रही गैरआवासीय नेपालीका रुपमा लामो समय काम गरेका हमालसँग झण्डै ३ दशकको कार्यानुभव छ ।

यसअघिका बोर्डका अध्यक्ष भीष्मराष्ज ढुंगाना सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर खरिदको विषयमा विवादित बनेपछि उनलाई सरकारले बर्खास्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =