‘नाे एमसीसी’ (तस्बिरहरू)

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीविरूद्ध नयाँ बानेश्वरमा विरोध प्रदर्शन भइरहेको छ । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) र अनरेरास्ववियू तथा नेकपा एकीकृत समाजवादी निकट युवा संघले विरोध प्रदर्शन गरिरहेका छन् ।

एमाले निकट युवा संघले सडकमा टायर बालेर प्रदर्शन गरेको छ । यस्तै वाइसिएल र प्रहरीबीच सामान्य घम्साघम्सी समेत परेको थियो । आज बस्ने संसद् बैठकमा एमसीसी टेबल हुने भनिएपछि उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

आजको संसद् बैठकमा एमसीसी टेबल भने गरिएको छैन । आइतबारकाे संसद्  बैठकमा एमसीसी टेबल गर्ने विषयमा सत्ता गठबन्धनका नेतहरूबीच छलफल जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =