धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त, काे हुन् हमाल ?

काठमाडौँ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष पदका लागि गोपाल भट्ट, कृष्णराज पोखरेल र रमेह हमाल सर्टलिस्टमा परेका थिए।

तीनजना मध्ये हमाललाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो । यसअघि धितोपत्र बोर्डका अध्यक्ष रहेका भिष्मराज ढुंगाना बुक विल्डिङ विधिबाट मूल्य निर्धारण गरी प्राथमिक सेयर जारी गर्ने तयारीमा रहेकाे सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर ट्रेडिङमा संलग्न भएको भन्दै विवादमा फसेपछि उनी बर्खास्त भएका थिए ।

ढुंगानाकाे वर्खास्तीपछि सरकारले सेवाेन अध्यक्षकाे नियुक्तिका लागि प्रक्रिया सुरू गरेकाे थियाे । उता  बर्खास्तीपछि न्यायकाे माग गर्दै सर्वाेच्चमा रिट निवेदन हालेका ढुंगानाकाे मुद्दाकाे हालसम्म कुनै फैसला भने भएकाे छैन ।

काे हुन् हमाल ? 

नवनियुक्त अध्यक्ष हमाल भने इन्जिनियर र एमबीए प्रोफेसनल हुन् ।

धनगढी स्थायी घर भएका हमाल हाल ललितपुरको भैंसेपाटीमा बस्दै आएका छन् । सन् १९८९ मा भारतको जम्सेदपुरमा रहेको रिजनल कलेजबाट पूर्ण छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययन गरेका हमालले सन् १९९९ थाइल्यान्डको एआईटी विश्वविद्यालयबाट एमबीए गरेका छन् । एमबीए पनि उनले पूर्ण छात्रवृत्तिमै अध्ययन गरेका हुन् ।

युएनलगायत विभिन्न संस्थामा १९ वर्षसम्म विदेशमा रहेर काम गरेका हमाल पछिल्लो ५ वर्षदेखि नेपालमै काम गरिरहेका छन् ।

ओम स्टोन एसिया ग्रुपका चेयरमेनका रुपमा कार्यरत हमालको कम्पनीले हाल धुलिखेलमा एउटा पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिरहेको छ । थाइल्यान्डको अन्तर्राष्ट्रिय हेरिटेज होटेल तथा रिसोर्ट चेन दुसित थानीको चेनको रुपमा उक्त रिर्सोट निर्माण भइरहेको हो ।

पूँजी बजार, लगानी व्यवस्थापन, हस्पिटालिटी, वित्त, कानुन, संगठन जस्ता विषयमा विज्ञता राखेका हमालले धितोपत्र बोर्डलाई सही नेतृत्व गर्नेमा आत्मविश्वासका साथ प्रस्तुत हुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =