म्युजियम अफ नेपाली आर्ट्समा चित्रकला प्रदर्शनी (तस्बिरहरू)
२०७८ फागुन २ गते

काठमाडौँ। म्युजियम अफ नेपाली आर्ट्सले माघ २३ गतेदेखि चित्रकला प्रदर्शनी शुरू गरेको छ । काठमाडौँ गेष्ट हाउस परिसरस्थित आर्ट्स म्युजियममा चलिरहेकाे चित्रकला प्रदर्शनी फागुन ७ गतेसम्म चल्ने आर्टकी म्यानेजर जेनिशा मर्हजनले जानकारी दिइन् ।
चित्रकला प्रदर्शनीमा अन्य कलाकारहरूका साथै तान्त्रिक शक्तिका पात्रलाई क्यानभासमा उतार्न मन पराउने चित्रकार समुन्द्रमान श्रेष्ठले बनाएका चित्रहरू पनि राखिएको छ । प्रदर्शनीमा चित्रकार श्रेष्ठले आफ्नो करियरको सुरुवातदेखि धार्मिक र सांस्कृतिक परिवेशमा आधारित रहेर निर्माण गरेका चित्रकला प्रदर्शनमा राखेका छन् ।
चित्रकार श्रेष्ठका अनुसार सन् २०२० फेब्रुअरीमा म्युजियम अफ नेपाली आर्ट्सको परिकल्पना गरिएको थियो । उक्त म्युजियममा हाल श्रेष्ठले चित्रकला प्रदर्शनी गरिरहेका छन् ।








२०७८ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








