कास्कीमा फागुन १ देखि विद्यालय खुल्ने
२०७८ माघ २८ गते

पोखरा । कास्कीका विद्यालयहरु फागुन १ गतेदेखि भौतिक उपस्थितिमै खोलिने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न भनेको हो ।
शैक्षिक संस्थासंगै सपिङ मल, सुपरमार्केट पनि खोल्न पाइने छ । सिनेमा हल, डान्स बार, दोहोरी साँझ, जिमखाना, फुटसल ब्युटीपार्लर लगायतका बढी भिडभाड हुने क्षेत्रहरु भने तत्काल नखुल्ने प्रशासनले जनाएको छ।
२०७८ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








