रक्त अभाव हटाउन सप्ताहव्यापी वृहत रक्तदान कार्यक्रम हुँदै

काठमाडौँ । कोभिड १९ महामारीको कारण उत्पन्न रगत अभावलाई पूर्ति गर्न खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीको आयोजनामा सप्ताह–व्यापी रक्तदान कार्यक्रम हुन लागेको राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीका संयोजक सुमन महर्जनले बताए ।

कार्यक्रम तारकेश्वर नगरपालिका–११ शेषमतीमा एक हप्तासम्म सञ्चालन गरिने छ । सप्ताहव्यापी रक्तदान महाअभियान माघ २९ गतेबाट आरम्भ हुने छ ।

रक्त अभावबाट कसैले अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको युवा संघ तारकेश्वर नगरकमिटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =