डाबर नेपालले ९ अर्ब ६८ करोड लगानी थप्ने, लगानी बोर्डद्वारा स्वीकृति

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले नेपालमा ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँ लगानी थप गर्ने भएको छ ।

कम्पनीले लगानी थप गर्न लगेको प्रस्तावलाई मंगलबार बसेको बोर्डको बैठकले स्वीकृत गरेको लगानी बोर्ड कार्यालयका सूचना अधिकारी राजु गुरागाइँले मकालु खबरलाई बताए ।

डाबर नेपालमा डाबर इन्टरनेशनल लिमिटेडको ९७.५० प्रतिशत सेयर स्वामित्व छ । बाँकी २.५ प्रतिशत सेयर स्वामित्व नेपाली साझेदार रुक्म समशेर राणाको रहेको छ । सन् १९८९ मा नेपालमा विस्तार भएको डाबर नेपालले १९९२ देखि विभिन्न वस्तुको उत्पादन सुरु गरेको थियो ।

वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी नाफा कमाउँदै आएको डाबर नेपालले नेपालबाट सबैभन्दा बढी वस्तु निर्यात गर्ने ठूलो उद्योगको रुपमा आफ्नो पहिचान बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =