धरानकाे सूर्य मेटल उद्योगविरूद्ध २४ करोड मागदाबी गर्दै करछलीको मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय इटहरीले सुनसरीको धरानमा रहेको सुर्य मेटल इन्डस्ट्रिजका सञ्चालकलाई करछलीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

उक्त उद्योगका सञ्चालकले मूल्य अभिवृद्धि कर(भ्याट) र आयकर छली गरेको आरोपसहित कार्यालयले उच्च अदालत विराटनगरमा बिगो, जरिवानासहितको सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

उद्योगका सञ्चालक धरान–२ बस्ने उत्तमकुमार ताम्राकार, चन्द्रेश्वरी ताम्राकार, अनुप ताम्राकार, र निर्मलकुमार ताम्राकारविरुद्ध कार्यलयले अदालतमा कर छलीको मुद्दा दायर गरेको जनाएको छ ।

उनीहरुले बिनाबिल बिजक माल बस्तु कारोबार गरी ८ करोड ५३ लाख २० हजार २ सय ३ रुपैयाँ भ्याट छलेको कार्यालयको आरोप छ । त्यस्तै, ३ करोड ६६ लाख २० हजार ४ सय ४० रुपैयाँ आय कर गरी कुल १२ करोड १९ लाख ४० हजार ६ सय ४३ रुपैयाँ कर छली गरेको आरोप छ ।

छली गरेकके कर रकम बराबकै बिगो र त्यती नै रकम जरिवाना भराउन तथा हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दायर गरेको कार्यालय जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =