तेह्रथुम उद्योग वाणिज्य संघको अध्यक्षमा ढुंगाना चयन
२०७८ माघ २२ गते

तेह्रथुम । तेह्रथुम उद्योग वाणिज्य संघको अध्यक्षमा राजिव ढुङ्गाना चयन भएका छन् । म्याङ्लुङमा शनिबार सम्पन्न संघको ११ औँ अधिवेशनले ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा तारावीर श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजन खत्री, द्वितीय उपाध्यक्षमा सन्तोष ढुंगाना, महासचिवमा रोशन श्रेष्ठ, सचिवमा धर्मसिंह खड्का र कोषाध्यक्षमा शरदमणि दाहाल रहेको निर्वाचन समितिका सदस्य नारायणप्रसाद लुइँटेलले जानकारी दिए ।

सदस्यमा विनोद आचार्य, फिरोजभगत प्रधानाङ्ग, मीनप्रसाद लिम्बु, तारा कार्की गुरुङ, वीरेन्द्र कार्की, योगकुमारी अर्याल, खगेन्द्र भट्टराई, दुर्गा नारायण भण्डारी, केशवराम खनाल, सुशिलकुमार डंगोल रहेका छन् ।
२०७८ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित










