बागमती प्रदेशमा पनि गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा भएको निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार (महिला)मा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र (अन्य)मा नेपाली कांग्रेसका कृष्ण प्रसाद पौडेल विजयी भएका हुन् ।

महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका महिला उम्मेदवार गीता काफ्लले १३२ मतभार प्राप्त गरेको बताइएको छ ।

यस्तै अन्य सदस्य पदमा गठबन्धनका उम्मेदवार पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =