जापानको १० अर्ब ३९ करोड ऋण स्वीकृत
२०७८ पुस २२ गते

काठमाडौँ । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशील क्षेत्रमा खर्च गर्ने गरी जापान सकारले दिन लागेको १० अर्ब ३९ करोड रुपैयाँको ऋण सहयोग स्वीकृत भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
मन्त्री कार्कीका अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकले प्रहरीको उच्च मनोबल वृद्धिका लागि प्रहरी (नवौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
२०७८ पुस २२ गते
प्रतिक्रिया









