‘कौसीद’ फस्ट लुकमा भोलाराजको फरक रुप

काठमाडौँ । कलाकार ऋचा शर्माको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कौसीद’को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीका बिच चलचित्रको छायाङ्कनसँगै पोस्ट प्रोडक्सनको काम सक्दै फर्स्ट लुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । भास्करका अनुसार चलचित्र प्रदर्शनको लागि तयार भइसकेको छ ।

सार्वजनिक फर्स्ट लुकमा पिँजडामा खरायो बोकेको अवस्थामा कलाकार भोलाराज सापकोटालाई देखाइएको छ । वित्तीय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको सङ्घर्ष भाव बोल्छ ।

चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । चलचित्रका निर्माता केदार भुसाल हुन् ।

निर्देशक भास्करकै पटकथामा बनेको चलचित्रको कथा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको छ । निसाल पौडेलको छायांकन रहेको चलचित्रमा मित्र डी. गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा चलचित्र निर्माण भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *