वैज्ञानिक वन व्यवस्थापनमा ७ कराेड भ्रष्टाचार, वन निर्देशकविरुद्ध मुद्दा
२०७८ पुस २१ गते

काठमाडौँ । वैज्ञानिक वन व्यवस्थापनमा भ्रष्टाचार भएको भन्दै वन व्यवस्थापनमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।
सुदूरपश्चिम वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडाैँमा मुद्दा दायर गरेको हो ।
विष्टले वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरु र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रही भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ ।
२०७८ पुस २१ गते
प्रतिक्रिया









