विदेश जाने श्रमिकलाई दःख दिए कारबाही गर्छु : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गर्ने बताएका छन् ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले सोमबार मन्त्रालयमा मन्त्री आले एक ज्ञापनपत्र बुझ्दै मन्त्री आलेले यस्तो बताएका हुन् । संगठनले वैदेशिक रोजगारका लागि विदेशमा जाने श्रमिकलाई विमानस्थलमा दुःख दिने गरेको ज्ञापनपत्रमार्फत जानकारी गराएको थियो ।

मन्त्री आलेले वैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएको र सोझा, सिधा नागरिकलाई अनेकन बाहनामा दुःख दिनु गलत भएको बताए ।

‘वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ,’ उनले भने, ‘ दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।’

वैदेशिक रोजगारमा खाडी मुलुक जाने नागरिकका लागि आफुले सस्तो दरको हवाइ टिकटको व्यवस्था गरेकाले सबै श्रमिकहरुले उक्त टिकटको उपयोग गर्न समेत मन्त्री आलेले आग्रह गरे । आफू मन्त्री भएपछि वैदेशिक रोजगारमा जाने श्रमिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिश्राम स्थल, खानेपानी र निःशुल्क वाइफाइको व्यवस्था गरेको समेत उनले बताए ।

मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =