बैंक अफ काठमाण्डूले ल्यायो ‘बीओके स्मार्ट बचत खाता’
२०७८ पुस १८ गते

काठमाडौँ । बैंक अफ काठमाण्डूले ‘बीओके स्मार्ट सेभिङ एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको छ ।
‘कारोबार अब अझ फटाफट’ भन्ने नाराका साथ बीओकेले उक्त ब्याजदरको सुविधासहित उक्त बचत खाता योजना सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त खातामा वार्षिक ६.५५ प्रतिशत व्याज दिइने र अनलाइनबाट समेत खाता खोल्न सकिने बैंकले जनाएको छ ।
मोबाईल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बीओके ई–कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट तथा अन्य बैंकिङ सेवासमेत उपलब्ध रहेको जनाएको छ ।
२०७८ पुस १८ गते
प्रतिक्रिया









