भारु ३ करोडभन्दा बढीको सामान आयात गर्न एलसी अनिवार्य

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले भारु ३ करोडभन्दा बढीको सामान आयातमा अब एलसी अनिवार्य प्रतित पत्र (लेटर अफ क्रेडिट–एलसी) अनिवार्य गरेको छ । एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै केन्द्रीय बैंकले शुक्रबार यस्तो व्यवस्था गरेको हो ।

नयाँ परिपत्रअनुसार एलसी, ड्राफ्ट वा टीटीमाफर्त सामान आयात गर्दा २ वा १० प्रतिशत धरौटी लिनुपर्ने र सो रकमबाट भन्सार महसुल बुझाउने प्रयोजनका लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउन सकिने छ । तर, विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाइने व्यवस्था गरिएको छ। उल्लिखित धरौटी रकम भने लिनुपर्ने छ ।

आयातमा कडाई गर्न केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघसंस्थाले भारतस्थित नियोग, संघसंस्था, कम्पनीसँग लिने विभिन्न सेवा शुल्क भुक्तानीका लागि भारु ३ लाखसम्मको सटही सुविधा वाणिज्य बैंकहरुबाट प्रदान गर्न सकिने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =