पाँच सुरुङ मार्गकाे सम्भाव्यता अध्ययन गर्न आशय पत्र माग

काठमाडौँ । सडक विभागले देशका विभिन्न पाँच सडक खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थाल्ने भएको छ । यसका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि विभागअन्तर्गतको गुणस्तर अध्ययन तथा विकास केन्द्र चाकुपाट ललितपुरले बिहीबार आयशपत्र माग गर्दै सूचना प्रकाशित गरेको हो ।

बागलुङ–विउँ–नरेठाँटी सडक, फुस्रेखोला–छोरेपाटन–स्याङजा–गुडिखुला सडक, रारा राजमार्गअन्तर्गतको कुशेपाटन–जाजरकोट–जुम्ला सडक, प्रवास–जोर्ते सडक पाल्पा, र ताथली(भक्तपुर)–राबियोपी (सिनधुपाल्चोक सडकमा निर्माण गर्नुपर्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि विभागले आशयपत्र माग गरेको हो ।

उक्त अध्ययनका लागि आवेदन दिने संयुक्त उपक्रम(जोइन्ट भेन्चर)का कम्पनीहरुमा भने बढीमा ३ ओटासम्म हुनुपर्ने छ । उक्त अध्ययनका लागि इच्छुक परामर्शदाताले ३० पुससम्ममा इमेलमार्फत आशयपत्र पठाइसक्नु पर्ने म्याद तोकिएको छ । पेश भएका आयपत्रहरु माघ २ गते खोलिने र अध्ययन गरी सर्टलिष्ट गरिने विभागले जनाएको छ ।

नेपालमा धेरै घुम्ती भएका भिराला र अप्ठ्यारा सडकमार्गका कारण वर्षेनी सडक दुर्घटना बढ्दै गएको छ । यस्तो दुर्घटनामा हुने मानवीय क्षति समेत बढ्दै गएको छ । पप्ठ्यारा सडककै कारण भइरहेका यस्तो दुर्घटना रोक्न सुरुङ मार्ग निर्माण गरी सडक यातायातलाई सहज बनाउने सरकारको नीति छ । त्यसै नीतिअनुसार उक्त पाँच स्थानमा सुरुङ मार्ग अध्ययनका लागि आशयपत्र माग गरिएको हो ।

नेपालमा हालसम्म एउटा पनि सुरुङ मार्ग निर्माण भएको छैन । तर, जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नागढुंगा–सिस्ने सुरुङमार्ग भने  निर्माणाधीन छ ।

यस्ताे छ सूचना 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =