मेरै पालामा मेलम्चीकाे पानी ल्याउँछु : खानेपानी मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौँबासी वितरण गर्न मेलम्चीको पानी  चाँडो ल्याउन आफूले गृहकार्य गरिरहेको बताए ।नेपाल निजामति कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागीय कार्यसमितिको आठौँ अधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले यस्ताे बताएका हुन् ।

‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु,’ उनले भने ।

मन्त्री चौधरीले विगतको सरकारको जस्तो हतारमा लतार गरेर काम गर्ने पक्षमा आफू नरहेको भन्दै कांग्रेसको सरकारको पालामा काम हुने तर हतारमा विगतका सरकारले उद्घाटन गर्ने क्रियाकलापले विकृति र विसंगति नै फैलाएकाे बताए ।

कर्मचारीको सहयोगमा काठमाडौंबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै मन्त्री चौधरीले आफूहरुले बनाएको नियम, कानून र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।

‘निजामती कर्मचारी भनेकै सरकारको मेरुदण्ड हो । निजामती कर्मचारी युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन भएर दिएको योगदान सरकारलाई समेत सहयोग हुन्छ’, मन्त्री चौधरीले भने, ‘कर्मचारीको सेवा सुविधा, पेशागत हक हितको लागि युनियनको माग पूरा गराउन मत तयार छुु तर सरकारको काम पनि कर्मचारीले गरेर देखाउनु पर्छ ।’

मन्त्री चौधरीलेले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालदारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामति ऐनमा रहेको कर्मचारीको पेशागत हित विपरितका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने बताए ।

कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हक, हित, सुविधा र वृत्ति विकासका लागि उठाएका मागहरु पूरा गराउन मन्त्रालय तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =