महिला उद्यमी महासंघ अध्यक्षमा निरु रायमाझी

काठमाडौँ । महिला उद्यमी महांसघ नेपालको अध्यक्षमा निरु रायमाझी खत्री निर्वाचित भएकी छन् ।
पुस ८ र ९ गते महासंघको १८ औँ वार्षिक साधारणसभा तथा ८ औँ महाधिवेशनबाट रायमाझी अध्यक्षमा निर्वाचित भएकी हुन् । महाधिवेशनबाट २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा शोभा ज्ञवाली, द्वितीय उपाध्यक्षमा दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्षमा सुनिता वैद्य, चौथो उपाध्यक्षमा बासन्ती प्रधान निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा महालक्ष्मी श्रेष्ठ, सचिवमा सविता सुवेदी र कोषाध्यक्षमा कुन्नम पोखरेल निर्वाचित भएका छन् । अन्य १९ जना कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।
महासंघको स्थापना वि.सं. २०६० सालमा भएको हो । यो एक गैरनाफामूलक संस्था हो ।
नेपालभरका उद्यमी महिलाको प्रतिनिधि (छाता) संस्थाको रुपमा रहेको यस सस्ंथाले आफ्नो स्थापना कालदेखि नै महिलालाई आर्थिक रुपमा सशक्तीकरणको क्षेत्रमा पैरवी, सञ्जालहरुको विस्तार, सूचनाको प्रवाह, क्षमता अभिवृद्धि, व्यसायिक परामर्शका साथै महिला उद्यमीका आवश्यकता र चुनौती पूरा गर्न देशभरिका महिला उद्यमीका लागि व्यवसायिक विकास तथा प्रवद्र्घनमा समावेशी तवरले विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।









