विद्युतीय उपकरणबाट हुने भुक्तानी कारोबारमा कमी

काठमाडौं । विद्युतीय उपकरणबाट हुने कारोबार (डिजिटल ट्रान्जेक्सन) रकम पछिल्लो समय घटेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिक महिनाको तथ्यांकमा आधारित वित्तीय अवस्था प्रतिवेदनले यस्तो देखाएको हो । पछिल्ला केही वर्षयता प्रत्येक महिना डिजिटल कारोबारको संख्या र रकम बढ्दै गएको अवस्थामा कात्तिक महिनामा भने यस्तो रकममा कमी आएको हो ।

डिजिटल कारोबारका उपकरणहरु क्युआर कोड स्क्यान, मोबाइल बैंकिङ, बालेट भुक्तानी, आईपीएस, कनेक्ट आईपीस, इन्टरनेट बैंकिङ जस्ता माध्यमबाट हुने कारोबार घटेको हो ।

कात्तिक महनिामा ५ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको क्युकार कोड स्क्यानमा आधारित कारोबार भएको छ । अघिल्लो महिनामा यस्तो भुक्तानी ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको भएको थियो ।

त्यस्तै, कात्तिकमा मोबाइल बैंकिङबाट ७८ अर्ब १५ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो महिना ७८ अर्ब ७३ करोड २० लाखको भुक्तानी यो माध्यमबाट भएको थियो ।

मोबाइल बालेटबाट कात्तिकमा १३ अर्ब ९४ करोड ९० लाख भुक्तानी भएको छ । अघिल्लो महिना वालेटबाट १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।

काेभिड–१९ संक्रमणकाे महामारी कम हुँदै जाँदा डिजिटल काराेबारमा समेत कमी आएको अनुमान गरिएकाे छ । काेभिड महामारीका बेला मानिसबीचकाे भाैतिक दूरी कामय गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण पनि डिजिटल काराेबारमा ह्वात्तै बढाेत्तरी आएको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =