रेमिट्यान्स ७.५ प्रतिशतले घट्यो, श्रम स्वीकृति लिने बढे

काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको रेमिट्यान्स(विप्रेषण आप्रवाह) कात्तिक महिनामा ७.५ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक महिनाका मुलुकका वित्तीय अवस्था प्रतिवेदनअनुसार चालु वर्षकाे कात्तिकसम्ममा रेमिट्यान्स ७.५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आव्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशलते बढेको थियो ।

श्रम स्वीकृति लिने बढे

समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिने नागरिकको संख्या भने बढेको छ ।

यस अवधिमा संस्थागत, व्यक्तिगत र नविकरण (वैधानिकीकरण) गर्नेहरुको संख्या ९६ हजार ३ सय ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले बढेर ५९ हजार ७ सय २३ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =