राप्रपाको महामन्त्रीमा अभिनेत्री रेखा थापाको उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छन् । अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट थापाले उम्मेदवारी दर्ता गराएकी हुन् ।  शुक्रबार राष्ट्रिय सभा गृहमा जारी महाधिवेशन बन्द सत्रमा थापासहित लिङ्देन प्यानले उम्मेदवारी दर्ता गराएको छ।

हालका अध्यक्ष कमल थापाले पनि उम्मेदवारी दर्ता गर्ने बताइएको छ । यद्यपि उनी अहिले बन्द सत्रमा आइपुगेका छैनन् ।  राप्रपाले आज उम्मेदवारी दर्ता गर्ने र भोलि मतदान गर्ने कार्य तालिका रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *