सञ्चिता अभिनित चलचित्र ‘बन्ठे’को टिजर सार्वजनिक
२०७८ मंसिर ९ गते

काठमाडौँ । चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । लामो समयअघि बनेर तयार चलचित्र अब भने प्रदर्शनमा आउन लागेको हो । प्रदर्शन तयारीसँगै टिमले प्रचारको काम सुरु गरेको हो ।
चलचित्रमा सञ्चिता लुइँटेल, मनिष भण्डारी, उमेश सिवाकोटी, राकेश रनपाल, दीक्षा पाठक, परी शाक्य, विशाल श्रेष्ठ, हरे राम दाहाल, नमराज घिमिरे,बाबुराम बस्नेत, नवीन राई, अर्जुन खड्का, सञ्जय शाह, किरण लगायतको अभिनय रहेको छ ।
यो चलचित्रमा उद्स्या सिवाकोटी र सुमिना दाहालले बालकलाकारको भूमिका निर्वाह गरेका छन् । चलचित्रको निर्देशन भने भोमन कटुवालले गरेका हुन् ।
२०७८ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








