सभामुख सापकोटा स्पेन प्रस्थान

काठमाडौँ। अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३औँ सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् ।

बुधबार बेलुका ८ः५० बजे चार जना सांसद् र संघीय संसद्का कर्मचारी सम्मिलित प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख सापकोटा अन्तर व्यवस्थापिका र स्पेनको संसद्ले आयोजना गरेको सम्मेलनमा भाग लिन मड्रिडतर्फ प्रस्थान गरेका हुन् ।

सभामुखसँग प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद बान्तवा राई रहेका छन् । यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।

यही मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा अन्तर व्यवस्थापिका संघको १४३ औँ सम्मेलन हुँदैछ। सभामुख सापकोटाले उक्त सम्मेलनमा ‘कन्टेम्पररी च्यालेन्ज टु डेमोक्रेसी : ओभरकमिङ डिभिजन एन्ड बिल्डिङ कम्युनिटी’ शीर्षकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *