न्युजिल्यान्डसँगको दोस्रो टी–ट्वेन्टीमा भारत टस जितेर फिल्डिङमा

काठमाडौँ । भारत र न्युजिल्यान्डबीचको शृङ्खलाकाे दोस्रो टी–ट्वेन्टी क्रिकेट आज हुँदैछ । खेल राँचीमा नेपाली समयानुसार बेलुका ७ः१५ मा शुरु हुनेछ ।

पहिलो खेल जितेको भारत आजको खेल पनि जित्दै तीन खेलको शृङ्खला एक खेल अगावै हात पार्न चाहन्छ । न्युजिल्यान्ड भने शृङ्खला जित्ने सम्भावना कायमै राख्न आज जित्नुपर्ने दबाबमा छ ।

यसअघि जयपुरमा भएको पहिलो खेल भारतले अन्तिम ओभरमा ५ विकेटले जितेको थियो । टी–ट्वेन्टी विश्वकपको रनरअप न्युजिल्यान्डले पछिल्लो खेलमा राम्रो प्रदर्शनका बाबजुत पराजित भएको थियो ।

त्यसो त भारतको पनि मध्यक्रम गतिलो चल्न नसक्दा अन्तिम सम्म संघर्ष गर्नु परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *