अमेरिकी सहायकमन्त्री लु काठमाडौँमा

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु  नेपाल आइपुगेका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि बुधवार साँझ काठमाडौँ आइपुगेका हुन् । सहायक मन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी, नायब शिष्टाचार महापाल रेवतीरमण पौडेल र अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।

 दक्षिण तथा मध्य एसियाली मामिला सम्बद्ध सहायकमन्त्री लु  मालदिभ्सको राजधानी माले हुँदै बुधवार साँझ नेपाल आइपुगेका हुन् । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाललाई भेट्ने बताइएको छ ।

भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यस्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *