नगरकोटका सडक पीडितले यातायातमन्त्रीको गाडी रोकेपछि…

काठमाडाैँ । भक्तपुरदेखि नगरकोट पुग्ने सडक निरीक्षण गरेर फर्किने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव चढेको गाडी स्थानीयले घेरे । स्थानीयकाे गुनासो नसुनी ठेकेदारको मात्रै कुरा सुनेर फर्केको भन्दै मन्त्रीको गाडी घेरेका हुन् ।

सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेको मन्त्री यादवको टोली नगरकोटमा खाना खाएर फर्कँदै गर्दा स्थानीयले देखेपछि तेलकोटमा खबर गरेका थिए । नगरकोट सडक संघर्ष समितिका संयोजक राजकुमार लामिछानेलाई फोन आएपछि उनले अरुलाई खबर गरेर चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६, तेलकोटमा भेला भएर बसे ।

७ वर्षअघि विस्तार थालिएको सडक नबनेपछि सडक पीडित स्थानीयले मन्त्रीसँग गुनासो राख्न खोजेका थिए । सडक निर्माण हुन नसकेपछि दैनिक कष्ट भोग्नुपरेको भन्दै स्थानीयवासीले केहीबेर आक्रोश समेत पोखेका थिए । सो क्रममा मन्त्री यादवले दुई महिनाभित्र काम सक्न ठेकेदार कम्पनी शैलुङ्ग कन्ट्रक्सनलाई निर्देशन दिएको जानकारी दिइन् ।

कमलविनायकदेखि नगरकोट पुग्ने यो १६.५ किलोमिटरको सडक दुई वर्षमा सक्ने भन्दै २०७१ मा शारदा कन्स्ट्रक्सनले हात पारेको थियो । तर ७ वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन । निर्माणका नाममा खनेर छाडिएका कारण दिउँसै बत्ती बाल्नुपर्ने गरी धुलो उड्छ । ७ वर्षदेखि धुँवा, धुलोको सास्ती स्थानीयले खेपिरहन बाध्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *