स्वीडेनलाई पराजित गर्दै स्पेन विश्वकपमा

काठमाडाैँ । अल्भारो मोराटाले अन्तिम समयमा गोल गरेपछि स्पेन २०२२ को कतार विश्वकपका लागि छनोट भएको छ । आइतबार स्वीडेनविरुद्धको निर्णायक खेलमा स्पेनले बाजी मार्न सफल रह्यो । समूह बि मा पराजित भएको स्वीडेनले भने अब छनोटका लागि प्लेअफ खेल्नु पर्ने भएको छ ।

अन्तिम खेलमा लुइस इनरिकेको स्पेनलाई १ अंक पर्याप्त हुँदा स्विडेनलाई भने जित्ननै पर्ने दबाब थियो । स्पेनको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको अधिकांश समय गोलरहित बराबरी भएपनि ८६ औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै समूहको शीर्ष स्थानमा रहेको स्पेन लगातार १२ औँ पटक विश्वकपका लागि छनोट भएको छ । पराजित भएको स्वीडेन दोस्रो स्थानमा छ। उसले विश्वकपमा स्थान बनाउने सम्भावनाका लागि आउँदो मार्चमा हुने प्लेअफ खेल्नु पर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *