बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदैछ । बिहीबार [आज] मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेर दुई मन्त्री थप्न लागेकाे नेता छिरिङ दोर्जे लामाले जानकारी दिए । उनकाअनुसार आज नेपाली कांग्रेस र माओवादी केन्द्रबाट एक/एक मन्त्री थपिँदैछन् ।

थपिने मन्त्रीहरूमा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल र कांग्रेसका निमा लामा छन् । उनीहरूले क्रमश: अर्थ र स्वास्थ्य मन्त्रालय लिएर सरकारमा सामेल हुँदैछन् । ‘उहाँहरू दुईजना आज मन्त्री बन्दै हुनुहुन्छ । शालिकरामजी र निमाजीले भरै साँझ ५ बजे शपथ ग्रहण गर्नुहुन्छ,’ नेता लामाले भनेका छन् । उनीहरूको शपथ ग्रहण साँझ ५ बजे हुँदैछ ।

गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले ४ जनाको मन्त्रिमण्डल बनाएका थिए । यसअघि नै सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रकी कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका कृष्णलाल भँडेल नियुक्त भइसकेका छन् ।

आजबाट बागमतीको मन्त्रिमण्डल ६ सदस्यीय हुनेछ । यथाशक्य मन्त्रिमण्डल विस्तारपछि आजै बैठक बस्ने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =