सुनको मूल्य १३ सयले बढ्यो, तोलामा कति ?
२०७८ कार्तिक २५ गते

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ ।
छापावाला सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर ९४ हजार रुपैयाँमा कारोबार हुने जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार हुनेछ ।
२०७८ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








