सुनको मूल्य १३ सयले बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ ।

छापावाला सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर ९४ हजार  रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =