काठमाडौँका १९ औषधि पसल निलम्बित (सूचीसहित)

काठमाडौँ । औषधि व्यवस्था विभागले १९ वटा औषधि पसललाई निलम्बन गरेको छ । मंगलबार सूचना जारी गरी विभागले आर्थिक वर्ष २०७७/७८ को असोजमा निलम्बनको कारबाहीमा परेका १९ औषधि पसलको नाम सार्वजनिक गरेको हो ।

विभागले मापदण्डविपरीत सञ्चालन गरिएका काठमाडौँका १९ वटा औषधि पसललाई निलम्बन गरेको हो ।

औषधि ऐन २०३५ को दफा २० को उपदफा ४(क) बमोजिम उक्त पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरेको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

निलम्बनमा पर्नेमा गान्धी मनोहरा कम्युनिटी हेल्थ सेन्टर, नन्दकृष्ण फार्मेसी, मेड स्टार सेन्टर प्रालि, मिली मेडिकल हल एण्ड डाईग्नोष्टिक सेन्टर, लुक्सी भेट फर्मा, निकम मेडिकल हल, मेडिगोल्ड फार्मेसी, एटोर्मा फार्मेसी, झोराली फार्मेसी, टोखा इमर्जेन्सी मेडिकल हल, विरसना गोर्खाली मेडिकल हल, सपनातिर्थ फार्मेसी, प्राकृतिक वाईपास फार्मेसी, कालिका फार्मेसी, सार्थक फार्मेसी, सुवेदी फार्मेसी, अनमोल फार्मेसी, सिद्धी फार्मेसी र खरिपाटी फार्मेसी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =