नारायणी नमुना माविले गर्‍यो तिहार विशेष कार्यक्रम

काठमाडौँ । चितवनको भरतपुरमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयले तिहार विशेष कार्यक्रम गरेको छ । विद्यालयले मंगलबार तिहार विशेष तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

ईसिए क्लबका अध्यक्ष विजय भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा भूपू प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा विशिष्ट अतिथि रहेका थिए । प्रधानाध्यापक पूर्णप्रसाद दवाडीका स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा ए । विशेष अतिथि शिक्षाविद् तथा भरतपुर महानगरका शिक्षा समितिका सदस्य बाबुराम दवाडीले विद्यार्थीलाई देउसी भैलोका बारेमा जानकारी दिए ।

सहायक प्रधानाध्यापकहरू टेकनाथ पौडेल, रामशरण दवाडी, शारदा खनिया, वासुदेव शर्मा अतिथि थिए । निबना दाहाल, प्रदीप पौडेल, सुदीक्षा लामिछाने, झलक सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । २३ वटा तिहार विशेष नृत्य, गायन र देउसी भैलो प्रस्तुत गरिएको थियो । नेपाल स्काउटमा रहेका विद्यार्थीहरूले स्वयंसेवकको काम गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =