प्रधान न्यायाधीशले तोके पेसी, सुनुवाइ हुने/नहुने अनिश्चित

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराले पेसी तोकेका छन् । प्रधान न्यायाधीश जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलाससमेत तोकेका छन् ।

प्रधान न्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलास तोकिएको हो । प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेका छन् ।

जसमा अदालतको अवहेलना, सम्पत्ति शुद्धीकरण, बन्दी प्रत्यक्षीकरण र कालोबजारीसम्बन्धी मुद्दा रहेका छन् । आफूबाहेक न्यायाधीश टंकबहादुर मोक्तानलाई पनि एकल इजलास तोकिएको छ ।

सर्वोच्च अदालतका १४ जना न्यायाधीशले बेन्च बहिष्कार गर्दै आएका छन् । आज पनि उनीहरू इजलासमा बस्ने/नबस्ने अनिश्चित छ । उनीहरू छुट्टै छलफलमा जुटेका छन् । उनीहरूले इजलास बहिष्कार गर्नाले २ दिनदेखि सर्वोच्चमा बहस हुन सकेको छैन ।

सर्वोच्चका न्यायाधीशहरु सहित बार एसोसिएशन लगायतले प्रधान न्यायाधीश जबरा विवादित भएको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *