ओलीको टिप्पणीः
‘न्यायाधीशहरूले सर्वोच्चको मानमर्दन गरिरहेका छन्’
२०७८ कार्तिक ९ गते

|पालिका अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरः मकालुखबर|
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशहरूले सर्वोच्च अदालतको मानमर्दन गरिरहेको टिप्पणी गरेका छन् । ‘सर्वोच्च अदालतलाई तमासाको थलो बनाइयो,’ मंगलबार पालिका अधिवेशन उद्धाटन गर्दै ओलीले भने, ‘न्यायाधीश श्रीमान्हरूले सर्वोच्च अदालतको मानमर्दन गरिरहनुभएको छ ।’
अहिले सर्वोच्च अदालतमा हुन नहुने काम भइरहेको ओलीको भनाइ थियो । ‘न्यायाधीशहरूले इजलास नै बहिष्कार गर्ने, अधिवक्ताहरूले इजलास गठन गर्नेलगायतका गलत अभ्यास भइरहेको छ,’ ओलीले भने, ‘यसले अदालतप्रतिको जनविश्वास घटाउँछ ।’
यस्तै ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति असन्तुष्ट जनाउँदै भने, ‘उहाँ आफैँ न्यायाधीश बन्नुभयो । संसद्मा विपक्षी दलले आफ्नो असन्तुष्टि जनाउँदैछ । उहाँलाई केही फिक्री छैन । यस्तो पनि हुन्छ ?’
२०७८ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








