आजको मौसम: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशको पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

मंगलबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार
दिउँसो: देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *