नेपालको फिफा वरीयता एक स्थान खस्कियो

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको फिफा वरीयताखस्किएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेको छ। यसअघि सेप्टेम्बर १६ को वरियतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो।

गत साता सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइन सम्म पुगेको थियो । जहाँ नेपालले ५ खेल खेल्दा २ खेलमा जित,  १ खेल बराबरी र २ खेलमा हार बेहोरेको थियो। त्यसअघि भारतविरुद्ध भएको २ मैत्रीपूर्ण खेलमा नेपालले एउटा बराबरी र अर्कोमा हार बेहोरेको छ।

साफ च्याम्पियनसिपमा पनि भारतसँगै नेपाल फाइनलसहित दुई पटक पराजित भएको थियो। ३० असोजमा भएको साफ फाइनलमा ३-० ले पराजित भएको थियो। साफ च्याम्पियनसिप विजेता भारत दक्षिण एसियामा शीर्षस्थानमा कायम छ।

गत महिना भन्दा भारतको वरियता एक स्थान सुधार भएको छ । भारत एक सय छैटौँ स्थानमा पुगेको छ। त्यस्तै दक्षिण एसियामा माल्दिभ्स नेपाल भन्दा माथि १ सय ५६ औँ स्थानमा रहँदा तेस्रो स्थानमा नेपाल रहेको छ।

 भुटान एक सय ८६ औँ, बङ्गलादेश एक सय ८७ औँ, पाकिस्तान एक सय ९७ औँ, श्रीलंका २ सय चार स्थानमा रहेको छ। पाकिस्तान र भुटानबाहेक ५ राष्ट्रले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा भाग लिएका थिए। फिफा डटकमका अनुसार विश्व वरियतामा बेल्जियम शीर्षस्थान र ब्राजिल दोस्रो स्थानमा कायम रहेको छ।

फ्रान्स तेस्रो र इटाली चौथो स्थानमा उक्लँदा इग्ल्यान्ड पाँचौँ स्थानमा झरेको छ। अर्जेन्टिना छैटौँ,  स्पेन सातौँ,  पोर्चुगल आठौँ,  मेक्सिको नवौँ र डेनमार्क दसौँ स्थानमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *