वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला
२०७८ असोज २१ गते

सांकेतिक तस्वीर
काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष ७४ वर्षीय रामाज्ञाप्रसाद चतुर्वेदी मृत अवस्थामा फेला परेका छन्। काठमाडौँ–६ बुलबुलेस्थित निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बिहीबार बिहान ९ बजे उक्त घरको चौथो तलाबाट खसेको प्रहरीले जनाएको छ । उनी घरको चौथो तलामा गएको र घसेको सिसी क्यामेराबाट थाहा भएको प्रहरीले जनाएको छ । उद्यपी, उनले आत्महत्या गरेको समेत हुन सक्ने प्रहरीको आशंका छ ।
डिप्रेशनबाट पीडित समेत रहेकोले उनले आत्महत्या गरेको समेत हुन सक्ने प्रहरीको अनुमान छ । मृत चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
२०७८ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित









