विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

काठमाडौँ । बुद्ध एयरको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो । सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ ।

याे पनि : ल्याण्डिङ गियरमा समस्या आएपछि बुद्धको जहाज काठमाडौं फर्कियो

विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो । जहाजले विराटनगरमा तीन पटक अवतरणको प्रयास गरेको नागरिक उड्डयन कार्यालय विराटनगर प्रमुख उत्सव खरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =