राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित
मकालु खबर
२०७८ असोज ७ गते
काठमाडौँ । राष्ट्रिय सभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । बिहीबार (आज) बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।
बजेट पारित भएसँगै राष्ट्रिय सभाले आजै सन्देशसहित प्रतिनिधि सभामा पठाउनेछ । आजै बस्ने प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद् सचिवालयको तयारी छ ।
मकालु खबर
२०७८ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित