नेपाललाई १२२ रनको लक्ष्य, करण र सन्दीपले लिए ४-४ विकेट

काठमाडौँ  । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३८ औँ ओभरमा १२१ रनमा अल आउट भएको हो ।

नेपालका लागि करण केशी र सन्दीप लामिछानले चार चार तथा शरद भेषावकरले २ विकेट लिए । ओपनर बलर करणले शुरुदेखि नै विकेट लिन थालेपछि ओमान दबाबमा परेको थियो ।

करणले ८ ओभर बलिङ गर्दै २५ रन दिए । यस्तै ८ ‌ओभर १ बल बलिङ गरेका सन्दीपले १९  रन मात्र खर्चिए । शरदले ६ ओभरमा १९ रन दिए ।

१८ रन बनाउँदा पहिलो विकेट गुमाएको ओमानले ३० रन हुँदा दोस्रो र तेस्रो विकेट गुमाएको थियो । त्यस्तै ३७, ४३, ६४, ८६, १०६  र १२१ रनमा विकेट गुमाएको थियो । ओमानका सात खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओमानका कप्तान जिसन मक्सूदले बनाएको ४१ रन सर्बाधिक रह्यो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *