एमालेको विरोधका बीच विनियोजन विधेयक पारित

काठमाडौँ । नेकपा एमालेको विरोध प्रदर्शनका बीच प्रतिनिधि सभा बैठकमा पेस भएको विनियोजन विधेयक पारित भएको छ ।

मंगलबार सभाको बैठक सुरु हुनासाथ सभामुख अग्नि सापकोटाले विधेयक पेस गर्नका लागि अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएपछि उनले संसदमा विनियोजन विधेयक पेस गरेका थिए ।

सभामुख अग्नि सापकोटाले एमालेको अवरोधकै बीच विनियोजन विधेयक, २०७८ निर्णयार्थ पेस गरेका थिए ।

सभामुखले सापकोटाले मन्त्री शर्मालाई समय दिएपछि प्रमुख प्रतिपक्षको रुपमा रहेको एमालेले अवरोध सुरु गरेको थियो । अवरोधकै बीच पेस भएको विधेयक बहुमतले पारित भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *