हत्या भएका ६ जनाको शव भोलि मात्र उठाइने

विराटनगर । संखुवासभाको मादी नगरपालिका- १ मा आज बिहान ६ जनाको हत्या भएको अवस्थामा फेला परेको शव भोलि बिहानमात्र उठ्ने भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरबाट गएको तालिमप्राप्त कुकुरसहितको टोली अहिले साँझमात्र घटनास्थलमा पुगेकाले कानुनी प्रक्रियाको काम भोलि बिहानेदखि मात्र शुरु हुने प्रदेश १ प्रहरी कार्यालयका डिआईजी अरुणकुमार बिसीले मकालुखबरलाई जानकारी दिए ।

No description available.

संखुवासभाको मादी- १ मा आज बिहान ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको शव विभत्स रुपमा हत्या भएको अवस्थामा फेला परेका थियो ।

उनीहरूको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । फरक फरक अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । पार्वता कार्कीबाहेक अरू सबैको शव घर बाहिर भेटिएको प्रहरीले जनाएको छ ।

सासु-बुहारीको शव घरभन्दा केही मिनेट पर खोलामा फेला परेको र तेजबहादुरलाई भने हतियारले टाउको र पेटमा हानिएको अवस्थामा शव भेटिएको अनुसन्धानको क्रममा फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट खटिएको प्रहरी टोली ढिलो गरी घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीसहितको टोली साँझ ५ बजेमात्र घटनास्थलमा पुगेको र प्रदेश प्रहरी कार्यालयबाट गएको टोली साँझ ७ बजेतिर मात्र त्यहाँ पुगेकाले भोलिमात्र काम शुरु हुने डिआईजी बिसीले बताए ।

No description available.

 

 

संघीय प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमान्डमा तालिमप्राप्त कुकुरसहितको टोली भर्खरै त्यहाँ पुगेको छ । संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेको डिआईजी बिसीले जानकारी दिए ।

मादी गाउँपालिका- १ का वडाध्यक्ष खेमनाथ कटुवालले घटना कति बजेको हो भन्ने यकिन नभएपनि आफूलाई करिब ९ बजेतिर स्थानीय घटना भएको घरको छिमेकी लक्ष्मीभक्त कार्कीले फोनबाट जानकारी दिएको बताए । घटनापछि उनले इलाका प्रहरी कार्यालय चैनपुरमा फोन गरेर जानकारी गराएको सुनाए ।

त्यसपछि प्रहरी टोलीहरु परिचालित भएका थिए । घटना भएको ठाउँ अत्यन्त विकट भएकाले प्रहरी घटनास्थलमा पुग्न नै समय लागेको डिआईजी बिसीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *